भोजपुरमा मलामी गएर फर्कदा कुटाकुट



भोजपुर । भोजपुरमा मलामी गएर फर्केका दुई समुह बीच कुटाकुट भएको छ । षडानन्द नगरपालिका १३ वोयाको पातालमा भएको ग्याङ फाइटमा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीको भनाई छ । कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार साझँ ७ बजेको समयमा मलामीबाट फर्किने क्रममा सोही स्थान बस्ने ईन्द्रध्वज तामाङ र अम्मर बहादुर तामाङलाई सोही ठाउँका रिकमान तामाङ, प्रेममणी तामाङ , चन्द्र कुमार तामाङ सन्तबिर तामाङले पुरानो रिसिबीको कारण कुटपिट गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार