सुरक्षित यात्राको शुभकामना सहित चालक सम्मान’ कार्यक्रम भोजपुरमा पनि शुरु



भोजपुर। सुरक्षित यात्राको शुभकामना सहित चालक सम्मान’ कार्यक्रम भोजपुरमा पनि शुरु भएको छ ।  भोजपुर नगरपालिका वडा नम्बर ७ बसपार्क बाट यात्रु बोकेर गएका चालकलाई सुरक्षित यात्राको शुभकामना सहित खादा र टिका लगाएर सम्मान गरेर कार्यक्रमको शुरुवात गरिएको हो ।

चालकलाई सुरक्षित यात्राको शुभकामनासहित सम्मान गर्दै यात्रुको सुरक्षित यात्राका लागि चालकलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दशैंको अवसर पारेर शुभकामनासहित चालक सम्मान कार्यक्रम पनि देशभरसंगै भोजपुरमा पनि सुरु गरिएको प्रहरीले बताएइको छ ।

कार्यक्रमको अवसरमा चालक तथा सहचालकलाई शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले आफ्नो जिम्मेवारीलाई कानुनको पालना गर्दै चालकको दायित्व बुझरे गाडि चलाएमा सुरक्षीत तवरले यात्रुहरुले गर्न सक्ने बताए। साथै उनले सुरक्षित यात्राका लागि चालक तथा सहचालकलाई तनावमा आउने खालको कुनै पनि गतिविधि नगरी यात्रु संग मर्यादित व्यवहार गर्न आग्रह गरे ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक नर बहादुर सलामी मगरले नागरिकको सुरक्षित यात्राको सुनिश्चितताका लागि प्रहरी प्रधान कार्यालयको निर्देशनमा दशैं लक्षित ‘सुरक्षित यात्राको शुभकामना कार्यक्रम’ देशभर सञ्चालन गरिएको बताए ।

साथै उनले  चाडबाड सुरु भएकाले जिल्ला भित्रिने तथा बाहिरने यात्रुको सुरक्षाको जिम्मेवारी चालकको हातमा रहने भएकाले सडक अनुशासनलाई ध्यानमा राखेर सवारी साधन चलाउन आग्रह गरे ।

सम्बन्धित समाचार