सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप, सभामुखले गरे अस्वीकार



काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्।

तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

ुसंसद् सचिवालयमा स्वास्थ्यको दरबन्दी छैन। दरबन्दी बनाइदिनुपर्‍यो भन्नुभएको थियो, मैले गर्न मिल्ने कुरै होइनु, महराले अन्नपूर्णसँग भने, भनेको नमानेपछि ममाथि निराधार आरोप लगाउनुभयो। आफ्नो सचिवालयका तर्फबाट औपचारिक विज्ञप्ति आउन लागेको भन्दै महराले त्यसलाई पर्खिन भने।

संघीय संसद्मै कार्यरत एक महिलाले सभामुख महरा आफ्नो डेरामा आएर आफूमाथि जबर्जस्ती गरेको आरोप लगाएको कुरा छ। समाचारको दाबीअनुसार महरा आइतबार राति ती महिलाको डेरामा पुगेका थिए। मदिरा पिएर त्यहाँ पुगेका महराले आफूलाई पनि मदिरा पिउन दबाब दिएको र रक्सी पिएपछि जबर्जस्ती गरेको ती महिलाको दाबी छ।

सम्बन्धित समाचार