सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको पारिश्रमिक दसैंअगावै उपलब्ध गराउन माग



काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम पारिश्रमिक दसैंअगावै उपलब्ध गराउन माग गरेको छ। महासंघले रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र दिपायललगायत विभिन्न स्थानबाट बिनाकारण निष्कासित पत्रकारको पुनर्बाहलीको मागसमेत गरेको छ ।

सोमबार महासंघको आयोजनामा नयाँवानेश्वरमा एक घण्टा धर्ना दिँदै यस्तो माग अघि सारेको हो। धर्नामा महासंघ अध्यक्ष गोविन्द आचार्यले निष्कासित पत्रकारको बिनासर्त पुनर्बाहाली नगरे आन्दोलन चर्काउने चेचावनी दिए। यस्तै, श्रमजीवी ऐन कार्यन्वयन नगर्ने सञ्चार गृहमा ताला लगाउनेसम्मको चेतावनी दिए।

कार्यक्रममा, उपाध्यक्ष दिलिप थापा, केन्द्रीय सदस्य मीन बम, पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठानका अध्यक्ष दुर्गा फुयाँल, फोनिज अध्यक्ष डण्ड गुरुङ, प्रेस युनियन अध्यक्ष बद्री सिक्देल, प्रेस नेपाल अध्यक्ष केशव अर्याललगायतले बोलेका थिए। कार्यक्रम महासंघ केन्द्रीय सदस्य नकुल अर्यालले सञ्चालन गरे।

सम्बन्धित समाचार