८० लाख खर्चेर कृष्णले भारत गएर हात खुट्टा हालेर आए नेपाल हेर्नुस भिडियो



काठमाडौ । दुई हात र खुट्टा गुमाएका कृष्ण ओली आफ्नो श्रीमती रुपा मगरसंग केहि समय देखि दुखकष्टको जीवन बिताईरहेका थिए तर जब कृष्णले केही युट्युब च्यानलहरुमा आफ्नो दुखको अवस्था बारे जानकार दिदै अन्तर्वार्ता दिए, कृष्णलाई सहयोग गर्न संसार भरि बाट नेपालीहरु जुटिन थाले ।

कृष्ण र रुपाले आफुले नसोचेको रुपमा नेपाली दाजुभाई दिदीबहिनी बाट सहयोग पाउन थाले र उठ्यो करोडौ पैसा जसले गर्दा आज कृष्णले खुट्टा र हात हाल्न सफल भएका छन् । कृष्णले भर्खरै भारत पुगेर एउटा हात हालेका छन् भने अर्को हात केही समय पछि हाल्ने कुरा जानकारी दिएका छन् ।

झन्डै ८० लाखको हाराहारी खर्चेर कृष्णले भारत गएर एउटा हात हालेर नेपाल आएका छन् । अब यो हातको सहयोगले कृष्णले लेख्ने, कम्प्युटर चलाउने, खाना खाने देखि केहि कामहरु गर्न सक्नेछन तर गाह्रो काम र गरुङ्गॊ बस्तुहरु भने उठाउन पा उनेछैनन् । कृष्णको अर्को हात भने केही समयपछि मात्र हाल्ने छन् । सल्यक्रिया गरेर कृष्णले हात हालेका हुन् ।कृष्ण र रुपाले यो प्रेम जनताबाट पाउछौ भन्ने कहिले पनि नसोचेको र आफ्नो हात र खुट्टा जोड्न यत्ति ठुलो रकम सहयोग गर्नुहुन्छ भन्ने सपना पनि नदेखेको बताएका छन् ।

कृष्ण ओली प्रति रुपाको प्रेम देखेर पनि जनताहरुको मन छोएको कारण पनि यत्ति ठुलो सहयोग यो जोडीले पाएको अनुमान गरिएको छ । क्यानाडा नेपाल टिम कृष्ण र रुपालाई भेट्न जादा देखिएको खुशी भिडियोमा कैद गरिएको छ । कृष्णले रुपालाइ आफ्नो हातले फुल दिने देखि केक ख्वाउने सम्म गरेका छन् जसले यो जोडीको घरमा खु*शी र मुस्कान छाएको देख्न सकिन्छ ।

सम्बन्धित समाचार