हिले-पाख्रिबास  सडक खण्ड भाई टिकाको भोलि पल्टदेखी ग्राभेल गर्ने  निर्णय



धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटामा  वसेको सरोकारवाला व्यक्ति तथा संस्थाको भेलाले हिले-पाख्रिबास  सडक खण्ड भाई टिकाको भोलि पल्टदेखी ग्राभेल गर्ने  निर्णय गरेको छ ।

प्रतिनीधिसभा सदस्य राजेन्द्र कुमार राई,प्रदेश सभा सदस्य निरन राई लगायत स्थानिय सरोकारवाला संस्थाका पदाधिकारीको उपस्थितीमा वसेको भेलाले अविरल वर्षाको कारण हिले-लेगुवा सडक खण्ड पूर्ण रुपमा क्षती भई नेपालीहरुको विषेश चाडपर्वको वेला दैनिक उपभोग्य सामाग्री दुवानी गर्न र मानिसहरु आवतजावत गर्न समेत कठिनाई भइरहेकोमा दशै तिहारको अवधिभर निर्वाध रुपमा यो सडक सञ्चालन गर्ने व्यवस्था कञ्चन जंघा कन्स्ट्रक्सनले लिने र भाई टिकाको भोलिपल्टै देखी सोही कन्ट्रक्सनले ग्राभेल गर्ने कामको जिम्मा लिएको छ ।

प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरेको अध्यक्षतामा वसेको भेलाले पञ्चे -लेगुवा १३ किलो मिटर सडक खण्ड पनि यो अवधिभर निर्वाध रुपमा सञ्चालन गराउन र तिहारपछि निर्माणको काम शुरु गरी आउदो चैत मसान्त सम्म काम सक्ने जिम्मा विरुवा कन्ट्रक्सनले लिएको छ । यी काम गर्नका लागि क्रमश कञ्चन जंघा कन्स्ट्रक्सनको तर्फवाट कन्स्ट्रकसनका प्रतिनीधि तिम्वा शेर्पा र विरुवा कन्स्ट्रकसनको तर्फवाट कन्स्ट्रकसनका प्रतिनीधि भेषराज वरालले प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचार