बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम याताना



सोलुखुम्बु ।  थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम याताना दिने गरेको पाइएको छ ।स्थानीय ४२ वर्षीय तीर्थ राईले कान्छी श्रीमतीसगँ मिलेर जेठी श्रीमति पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडाअध्यक्ष फुर्तीमान तामाङले जानकारी दिए ।

वडा अध्यक्ष तामाङका अनुसार बाबु तीर्थ राईले लामो समय देखि ९ वर्षीय छोरा संयोग राई, १३ र १५ वर्षीय छोरा र छोरीहरुलाई शारीरिक तथा मानसिक यातना दिने गरेको वडा कार्यालयमा उजुरी दर्ता भएपछि मात्रै बाहिर आएको हो ।

पटक पटकको यातना सहन नसकेर पीडित बालकहरुले वडा कार्यलयमा सोमबार ज्यान बचाईदिन आग्रह गर्दै उजुरी दर्ता गराएका छन् । केहि दिन अघिको यातनाबाट ९ वर्षीय बालकको ढाँडमा गहिरो चोट लागेको छ । बालकको बयान अनुसार ती निर्दयी बाबाले पछिल्लो पटक भाँडा माझ्ने स्टीलझुसले ढाँडमा रगडेर खोर्सानी र नुन लगाउनुका साथै सिस्नो पानीले समेत हिर्काएका थिए । सोहीकारण ती बालको डाँडमा भएको पुरै घाउँ अहिले पाक्ने अवस्थामा पुगेको उपचारमा संलग्न जिल्ला अस्पताल फाप्लुका चिकित्सकले बताएका छन् ।

सम्बन्धित समाचार