महरामाथि आरोप लगाउने महिलाका श्रीमानको आयो बयान



काठमाडौ ।सभामुख कृष्णबहादुर महरामाथि यौ न दुरा चार आरोप लगाउने संसदकी कर्मचारीका श्रीमानसँग काठमाण्डुटुडेले कुराकानी गरेको छ ।सम्भवतः सभामुखमाथि आरोप लागेपछि यो सञ्चार माध्यममा उनको पहिलो प्रतिक्रिया हुनुपर्छ । उनीसँग गरेको कुराकानी जस्ताको तस्तै ।

म कामको सिलसिलामा तनहुँतिर आएको थिएँ । घटनाबारे केही थाहा थिएन । कसैले केही पनि भनेनन् । ‘मेडम’ श्रीमतीले पनि केही भनिनन् । आज (मंगलबार) बिहान काठमाण्डुबाट एकजना पत्रकारले फोन गरेर सोधेपछि मात्र थाहा पाएँ । त्यसपछि मेडमलाई फोन गरें । फोन स्वीच अफ रहेछ । काठमाण्डु आउँदैछु । आएर सबै कुरा बुझ्नुपर्ला । यतिबेलासम्म सभामुखज्यू र उहाँको सचिवालयका तर्फबाट पनि मलाई सम्पर्क गरिएको छैन ।

मेडमलाई डिप्रेशन थियो । उनले औषधि खाँदै आएकी थिइन् । केही समयअघि छाडिन् । करिब डेढ वर्षअघि उकपटक विष सेवन गरेर आत्महत्याको प्रयास पनि गरेकी हुन् । त्यतिबेला तत्काल अस्पताल लगेर बचाइयो । अहिले एक्कासि यस्तो कुरा सुन्दा केही सोच्न सकेको छैन ।

सम्बन्धित समाचार