मध्यरातमा ५ जना युवाहरुले युवतीलाई गरे बलात्कार



इटहरी । सुनसरीको इटहरीमा सोमबार मध्यरातमा ५ जना युवाहरुले युवतीलाई बलात्कार गरेका छन । इटहरीको धरान विराटनगर सडक खण्डको साथी पेट्रोल पम्प नजिक एक युतवीलाई बाटोकै छेउमा बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

धरानबाट को १ ख ४६२६ नम्बरको वसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालै पालो बलात्कार गरेको प्रहरीले बताएको छ । उनीहरुलाई जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परिक्षणको लागि पठाईएको थियो । उनीहरुले सडक छेउमै गरेको हर्कतबारे स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

इलाका प्रहरी कार्यलय इटहरीले बलात्कार आरोपमा सुन्दरहरैचा १२ का बस चालक विकास कसई,झापा सुरुङ्गा ४ का सुरज थापा, सिरहाका सुजेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको । घट्नामा संलग्न रहेको बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले मध्यरातमा बलात्कार भएको घट्ना सुने लगातै प्रहरी परिचलान भएको कारण अपराधि पक्राउ परेको बताए । हामी अहिले घट्नाको अनुसन्धानकै क्रममा छौ उनले भने । पिडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार