कपिलवस्तुमा शिक्षक नियुक्तिका लागि घुस रकम लिने क्रममा प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ



बुटवल । शिक्षक नियुक्तिका लागि घुस रकम लिने क्रममा कपिलवस्तुमा एकजना प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ परेका छन् ।

विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गरिदिने भन्दै ४० हजार घुस रकम लिंदै गर्दा शिवराज नगरपालिका ८ स्थित बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लोनिया पक्राउ परेका हुन् ।

उनीहरुले घुस रकम लिन लागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयको टोलीले चन्द्रौटास्थित एक होटल अगाडिबाट रंगेहात पक्राउ गरेको कार्यालयका सूचना अधिकृत सुरेश भुसालले बताए । पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान शुरु भएको भुसालले बताए ।

सम्बन्धित समाचार