इटहरीमा एक युवतीलाई बस भित्रै ग्याँङ रेप



इटहरी । इटहरीमा एक युवतीलाई बस भित्रै ‘ग्याँङ रेप’ गरिएको छ । सोमबार राती इटहरी ९ स्थित साथी पेट्रोल पम्म नजिक को १ ख ४६२७ नम्बरको बसभित्र धरानदेखि इटहरी आउदै गरेकी युवतीमाथि ‘ग्याँङ रेप’ भएको हो ।

रेपमा संलग्न ४ जना पक्राउ परेका छन् । ति युवतीलाई बसभित्रै पालैपालो जवरजस्ती करणी गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मोरङ सुन्दर हरैंचा नगरपालिका १२ का चालक विकास कसाई, झापा सुरुङ्गा नगरपालिका ४ का सुरज थापा, सिरहा लहान नगरपालिका ४ का सुरेन्द्र भुजेल, बेलबारी नगरपालिका ७ का आशिष कार्की छन्।

घट्नामा बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार छन् । उनीहरूलाई घटना भएको केही समयमै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । 0 पिडित युवतीले गस्तीमा रहेको प्रहरीको भ्यानलाई रोकेपछि तत्कालै उनिहरु पक्राउ परेका थिए ।

बलात्कृत युवतीलाई प्रहरीले राति नै उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगेको छ । डिएसपी भण्डारीका अनुसार पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । पक्राउ परेकाहरुको बिषयमा अनुसन्धान भइरहेको र उनिहरुमाथि मुलुकी अपराध संहिताको जबरजस्ती करणी अन्तर्गत मुद्धा चल्ने बताइएको छ ।

सम्बन्धित समाचार