उदयपुरमा आमाछोरीको विभत्स हत्या, दुई जना पक्राउ




उदयपुर । धारिलो हतियार प्रहार गरी उदयपुरमा शुक्रबार राति एकै परिवारका दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो ।

आज शनिबार दिउँसोसम्म हत्याको आशंकमा स्थानीय दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीय आमा सारदा कुमारी चौधरी ९गोमा० र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

प्रहरीका अनुसार मृतक दुवैको घाटी रेटिएको अवस्थामा सव फेला परेको थियो । हत्या किन र के कारण कसले गरेको भन्ने यहिलेसम्म केही खुल्न नसकेको प्रहरीको भनाइ छ । एसपी मगरका अनुसार हत्यारा पत्ता लगाउन धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको छ । मृतकको श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेको मृतका परिवारले जानकारी दिइएको छ ।

सम्बन्धित समाचार