अरुण गाउपालिका वडा न. २ चम्पेमा सास्कृतिक कार्यक्रम सम्पन



भोजपुर ।कोजाग्रत पूर्णिमाको दिन चम्पे एकता सास्कृतिक संघद्धारा अरुण गाउपालिका वडा न. २ चम्पेमा सास्कृतिक कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा नृत्य तथा गाएन प्रतियोगिता कार्यक्रम संचालन भएको भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि अरुण गाउपालिकाको अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गर्नु भएको थियो । त्यसै गरि सस्थापक अध्यक्ष लिला आलेमगर सभाध्यक्ष रहनु भएको थियो ।कार्यक्रममा बोल्दै वर्तमान अध्यक्ष अर्जुन रानामगरले चम्पे बहुजाति, बहुसास्कृतिक स्थान भएकोले आगामी दिनमा यस सस्थाले चम्पेको सास्कृतिक जगेर्ना गर्दै लाने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा नृत्य तर्फ गोमा रानामगर प्रथम , प्रिती आलेमगर दीतीय ,र दिपिका राई तृतीय हुनु भएको छ भने गाएन तर्फ पेशल श्रेष्ठ,मनोज श्रेष्ठ,र दिवस विक छनौट हुनु भएको छ । छनौट हुनेलाई क्रमस नगद रु. २००००, रु. १,५०० र रु. १००० साथमा प्रमाणपत्र र आकर्षक उपहारले सम्मान गरिएको छ ।

सम्बन्धित समाचार