डा. केसी फेरी अनशन बस्दै



काठमाडौं । माग पूरा नभए कात्तिक १३ गतेबाट डा. गोविन्द केसीले अनशन बस्ने भएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले माग पूरा नभए देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्ने बताएका हुन । उनले माग पुरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् । उनले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’

डा. केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् ।

सम्बन्धित समाचार