दुई लाख नगदसहित कांग्रेसका दुई नेता आठजना जुवाडे पक्राउ



उदयपुर । नेपाली कांग्रेस उदयपुरका एकजना नेताको घरबाट करिव दुई लाख नगदसहित आठजना जुवाडे पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिकृष्ण केसीका अनुसार घरमै जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा यही आइतबार राति उनी पक्राउ परेका हुन।

त्रियुगा नगरपालिका–११ स्थित घरमा जुवा खेलाइरहेको सूचनाको आधारमा घरमुली वसन्तन बस्नेतसहित आठजना पक्राउ परेका हुन्।  ‘पक्राउ परेका आठजनामध्ये वसन्त बस्नेत र सुमन्त कोइराला नेपाली कांग्रेसका जिल्ला नेता रहेको खुलेको छ,’ उनले भने, ‘कुन तहको नेता भन्ने जानकारी छैन, तर, उहाँ कांग्रेसको क्षेत्रीय सभापति भएको जानकारी पाइएको छ।’ जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार बस्नेत आफ्नो घरमा तास खेलिरहेको अवस्थामा अन्यसहित पक्राउ परेका हुन्।

सम्बन्धित समाचार