गैँडाको आक्रमणबाट एक जनाको ज्यान गयो, अर्का एक सख्त घाइते



नवलपरासी । गैँडाको आक्रमणमा परी नवलपरासी पूर्व कावासोतीमा एक जनाको ज्यान जानुका साथै अर्का  एक सख्त घाइते भएका छन् ।आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका यही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट ज्यान गएको हो ।

उहाँको शव यही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए । स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बेला तामाङको आक्रमणमा परी ज्यान गएको सामुदायिक वनका पूर्वअध्यक्ष बलिराम महतोले बताउनुभयो ।

कावासोती–१३ कै ३३ वर्षीया बुद्धिमाया गुरुङलाई पनि गैँडाले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते हुनुभएकी उहाँकोे भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।

सामुदायिक वनमा वैन पैदावार निकासी खुलाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा त्यसो नगर्दा दुर्घटना भएको पूर्वअध्यक्ष महतोले गुनासो गर्नुभयोे । सीमित क्षेत्रमा सुरक्षाको प्रबन्ध गरी वन पैदावर निकाल्न अनुमति दिँदा यस्ता किसिमका दुर्घटना हुनबाट जोगिन सकिने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार