शिक्षकको निर्धात कुटपिटबाट विद्यार्थी घाइते



राजविराज । सप्तरी सदरमुकाम राजविराज स्थितशिव ईन्टरनेशनल बोर्डिङ्ग स्कुलका शिक्षकको निर्धात कुटपिटबाट सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १३ बर्षिय बालक सुमित कुमार भगत धाईते भएका छन् ।

सो विद्यालयका शिक्षक चन्दन झाले सुमितलाई फलामे पाईपले निर्धात कुटपिट गरी घाईते बनाएको बालकका आफन्तले बताएका छन् । सोमबार साझ छोरा सुमितलाई सो विद्यालयका शिक्षक झाले गम्भीर घाईते हुने गरी फलामे पाईपले कुटपिट गरेको बुवा सदानन्द भगतले बताए ।

कुटपिटका कारण उनको खुट्टा, हात, पिठउ र ढाडमा निलडाम भएको छ । कुटपिट पछि घाईते भएका बालक सुमितको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई मंगलबार घर ल्याईएको छ ।

सुमितका वुवा सदानन्दले शिक्षक झा माथि कडा कारवाही तथा क्षतिपुर्तिको लागी माग गरेका छन् । छोरालाई अध्ययनका लागी विद्यालयको होस्टलमा राखेका हौं, गाई गोरु झै कुटनका लागी होईन उनले थपे यो त अति भो, यसरी यातना दिने शिक्षकलाई अभिलम्ब पक्राउ गरी कानूनी कारवाही गर्नुपर्छ ।

सुमित विगत ६ महिना देखि उक्त विद्यालयको होस्टलमा बसी अध्ययन गर्दै आएका छन् । प्राप्त घटना विवरण अनुसार सोमबार उनी घर जान जिदी गरेका थिए । विद्यालयबाट उनको घर करिब १ कि.मि. टाढा छ ।

विद्यार्थी ओसार पोसारमा प्रयोग गरिने सो विद्यालयको बस उक्त समयमा केहि विद्यार्थीहरुलाई लिएर बजार तर्फ जान लागेका थिए । उनी सोही बस चढेर घर जाने जिद्दी गर्न थालेपछि आक्रोशि बनेका शिक्षक झाले सोही बसमा रहेको फलामे पाईपले बालक सुमित माथि अन्धाधुन्द प्रहार गरेका थिए ।

शिक्षकको पिटाई पछि घाईते भएका बालक सुमितलाई तत्कालै अस्पताल पुर्याएको थियो । बालक सुमितले बसमा साथीहरु चढेर घर जान थालेको देखेर आफु पनि घर जाने भनेपछि एक्कासी शिक्षक झाले फलामे पाईपले अन्धाधुन्द प्रहार गर्न थालेको सुनाए ।

प्रिन्सिपल नरेश प्रताप साहले घटना दुखद भएको भन्दै यसबारे आवश्यक छानविन गरी दोषी शिक्षक माथि विद्यालयले आवश्यक कार्यवाही प्रकृया अगाडी बढाउने बताएका छन् । यता प्रहरीले पिडित पक्षको उजुरीका आधारमा आवश्यक अनुसन्धान र कारवाही प्रकृया अघि बढने जनाएको छ ।

पूर्वेली न्युजबाट

सम्बन्धित समाचार