२ लाख रुपैयाँ दाइजोले पनि पुगेन ,विवाह गरेको ८ महिना बित्न नपाउँदै हत्या



विराटनगर । विराटनगर–११ पिचराका मनिकचन्द सहनीको परिवार दसैंको रमझमपछि दैनिकीमा फर्कने सुरसारमा थियो । मनिक मजदुरी गर्थे, श्रीमती आनन्दीदेवी कवाडीको सामान संकलन गर्थिन् । परिवारको गर्जो जसोतसो मजदुरीबाट चलेकै थियो । तर दसैं सकिन नपाउँदै उनको परिवारमा बज्रपात पर्यो । दुई सन्तान मध्ये छोरीको विवाह गरिदिएको ८ महिना बित्न नपाउँदै हत्या भयो ।

गत फागुन तेस्रो साता सहनी परिवारले २२ वर्षीया छोरी रञ्जनाको भारत अररिया पिपराका भीम बहरदारसँग विवाह गरिदिएका थिए । तर दहेज कम भएको भन्दै तीनै ज्वाईले छोरीको हत्या गरी शव खोलामा फालिदिए ।

सहनी परिवारले विवाह अघि र पछि गरी ऋण खोजेर २ लाख रुपैयाँ दहेज(दाइजो) दिएको थियो । तर ज्वा

कवाडीको सामान संकलन गर्ने आनन्दीदेवीका अनुसार विवाह पछि ज्वाईले मोटरसाइकल मागे । ऋण खोजेर सहनी परिवारले ९० हजार भारु दिए । त्यस बाहेक ऋण भन्दै पटक-पटक ५–१० हजार मागीरहे । तर सैलुन खोल्न भन्दै मागेको २ लाख रुपैयाँ कवाडीको काम गर्ने आमा र दैनिक ज्याला मजदुरी गर्ने बुबाले दिन सकेनन् ।

अन्तत २ लाख दिन नसक्दा सहनी परिवारले छोरी गुमाउनु पर्यो । ‘हामीसँग कहाँबाट ल्याएर पैसा दिन सक्नु,’ आनन्दीले भनिन्, ‘ दहेज ल्याउ भन्दै छोरीलाई घरका सबैले यातना दिइरहन्थे ।’

मागेजति दाइजो नआएपछि बहरदार परिवारले निर्घात कुटपिट गरी रञ्जनालाई मिरगञ्ज पुल नजिकै खोलामा फालेको स्थानीय लक्ष्मीदेवी रायले बताइन् । शव भेटिएपछि गाउँ नै शोकमा डुबेको उनले बताइन् ।

ईलाई सो रकमले पुगेन । सैलुन खोल्न भन्दै थप २ लाख ल्याउन रञ्जनालाई दबाव दिइरहे ।

ऋण खोजेर आफ्नो विवाह गरेका कारण उनले दबाव टार्दै गइन् । दहेजकै निहुँमा परिवारबाट पटक पटक यातना भोगिन् । ‘दाइजो मागे जति दिएकै थियो, तर आज यस्तो भयो,’  नातिनीको किरिया गरिरहेका उमालालले भने, ‘ हत्या गरी हातखुट्टा बाधेर खोलामा फालिदिए ।’

सम्बन्धित समाचार