झापामा जिल्लास्तरीय अन्तरपालिका मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु



झापा । झापाको गौरादह नगरपालिकामा जिल्लास्तरीय अन्तरपालिका मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।मंगलबार भएको उद्घाटन खेलमा गौरादह नगरपालिकाले मेची नगरपालिकालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।गौरादहले मेचीलाई २५–२२ र २५–१७ को सोझो सेटमा हराएको हो ।

मंगलबारै भएको अर्को खेलमा दमक नगरपालिकाले भद्रपुर नगरपालिकालाई २५–२३ र २५–१८ को सोझो सेटमै हरायो ।यस्तै, शिवसताक्षी नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई १३–२५, २५–१९ र २५–१८ को सेटमा पराजित गर्‍यो ।प्रतियोगिताअन्तर्गत् बुधबार झापा गाउँपालिका र गौरीगन्ज गाउँपालिका, कमल गाउँपालिका र बुद्ध शान्ति गाउँपालिका तथा बाह्रदशी गाउँपालिका  र बिर्तामोड नगरपालिकाबीच खेल हुने आयोजकले जनाएको छ ।

१३ टोली सहभागी प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार र उपविजेताले ५१ हजार १०० रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।गौरादह खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता आउँदो कात्तिक २ गतेसम्म चल्नेछ ।

सम्बन्धित समाचार