जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ



काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन् ।थापा चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा.डा. गोविन्द केसीविरुद्ध अनसन बस्ने गर्दथे ।

थापालाई मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । थापामाथि गत भदौ २९ गते चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप छ ।थापाका सहयोगीले भने उनी पक्राउ परेको नभइ आत्मसमर्पण गरेको बताए ।

सम्बन्धित समाचार