मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु



उदयपुर । उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको मे ६ प ९५३९ नम्बरको मोटरसाईक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका-५ देउरी बस्ने २५ बर्षीय दिपेन्द्र राना मगरकाे मृत्यु भएकाे हाे भने पछाडी सवार रहेका २२ बर्षीय शुशिल थापा घाईते भएका छन् ।

मगरकाे उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको तथा अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचार