भोजपुरमा खोल्सीमा चिप्लिएर लडेर एक जनाको मृत्यु



भोजपुर। भोजपुरमा खोल्सीमा चिप्लिएर लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको आमचोक गाउँपालिका –३ थिदिंखामा स्थानीय ४८ वर्षीय रामकुमार राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।राई गएराती अबेर सम्म बसेर उनकैअर्को घरमा सुत्न गएकोमा विहान खोल्सीमा मृत अवस्थामा फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । मंगल बिहान खबर पाउन साथ इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली घटना स्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरिक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार