चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा दुईजना पक्राउ



सुर्खेत। चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१, काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक रहेका छन् ।

प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।निराजनलाई गुर्भाकोटबाट र विनोदलाई महानगरीय प्रहरी वृत्त स्वयम्भू, काठमाडौंको समन्वयमा पक्राउ गरिएको हो ।प्रहरीकाअनुसार यामबहादुरको यही असोज २२ गते भान्साकोठामा कुटपिटबाट मृत्यु भएको थियो ।

जिल्ला अदालतले दुवैजनालाई ८ दिन थुनामा राखी अनुसन्धान गर्न समय दिएको छ ।‘सामान्य विवाद हुँदा उहाँहरुबीच कुटाकुट चलेको र सोक्रममा चिर्पट प्रयोग गरी हत्या गरेको पाइएको छ’–जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले भने ।

सम्बन्धित समाचार