एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई पारस खड्काले भेटे



काठमाडौं । एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई बुधबार क्रिकेटर पारस खड्काले भेट गरेका छन् ।मुस्कान उपचाररत कीर्तिपुर अस्पतालमा पुगेर क्रिकेटर पारस खड्का नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाल, क्रिकेट खेलाडी सोमपाल कामी, अविनाश बोहरा मुस्कानलाई भेट्न पुगेका थिए

मुस्कानलाई भेटेर फर्किएपछि क्रिकेटर पारस खड्काले मुस्कान आफूहरु सबैका लागि अनुकरणीय भएको बताए । उनले मुस्कानको मुहारमा सधैं हासो देख्न चाहेको उल्लेख गर्दै एसिड आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

‘यस्ता जघन्य अपराधमा संलनलाई सरकारले कडा कारबाही गर्नुपर्छ, हामी सबै मुस्कानको साथमा छौं’ पारसले फेसबुकमा लेखेका छन् ।मुस्कानको उपचारमा सहयोग जुटाउँदै आएका समाजसेवी उज्वलविक्रम थापाले क्रिकेटरहरुलाई मुस्कानसमक्ष पुर्‍याएका थिए । उनले मुस्कानको पीडा भुलाउन विभिन्न सेलिब्रेटीहरुसँग मुस्कानको भेट गराएका छन् ।यसअघि मंगलबार मुस्कानलाई भेट्न अभिनेता राजेश हमाल पुगेका थिए ।

सम्बन्धित समाचार