निवर्तमान सभामुख कृष्णबहादुर महराले रोशनीको कोठामा गएको गरे स्वीकारे



काठमाडौं ।निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामा गएको स्वीकारेका छन् ।सांसद सचिवालयकी कर्मचारी राशनी शाहीलाई यौ न दु र्व्यव हार गरेको आरोपमा पक्राउ परेका महराले आफू रोशनी शाहीको कोठामा गएको कुरा स्विकार गरेको एक उच्च प्रहरी अधिकारीले बताए ।

ती प्रहरी अधिकारीका अनुसार आफू रोशनीको कोठामा गएपनि कुनै प्रकारको दु र्व्यव हार नगरेको महराले बताएका छन् । महराले रोशनीको परिवारसँग आफ्नो पारिवारिक सम्बन्ध भएको वयान दिएको स्रोत बताउँछ । तर, रोशनीले प्रहरीमा आफूमाथि महराले यौ न दु र्व्य वहार गरेको भन्दै उजुरी दर्ता गरेकी थिइन् ।

महराले प्रहरीसँगको बयानमा आफूले र क्सी को बोतल नलगेको भनी वयान दिएको स्रोतले बतायो ।
प्रहरीले अदालतबाट म्याद लिएर महरामाथि अनुसन्धान गरिरहेको छ । महरालाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न १३ दिनको समय मंगलबार दिएको थियो । यसअघि महराले आफू असोज १२ गते रोशनीको कोठामा नगएको दाबी गर्दै आएका थिए ।

सम्बन्धित समाचार