तास खेलिरहेका १५ जना प्रहरीले नियन्त्रणमा



मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा छापा मारेको प्रहरीले घरधनीसहित सुन्दरहरैचा ७ का टेक बहादुर बिक, भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद कोईराला, हिरा भट्टराई, प्रदिप कुमार शाह, बिनोद चौधरी, उमेश बहादुर थापामगर पक्राउ परेका छन् ।

यस्तै, सुन्दरहरैचा ९ का सजाद मिया, सुन्दरहरैचा ११ का जयप्रसाद घिमिरे, गोपाल पौडेल, काजीराम बस्नेत र मधु कुमार घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ । तासको खालबाट प्रहरीले ९७ हजार ९ सय नगद समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत कानूनी कारवाही प्रकृया अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार