तीनकुनेमा रोपिएका दुबो चोरी



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा तीनकुनेमा रोपिएका दुबो चोरी भएको छ ।केही क्षेत्रमा राखिएका दुबो चपरा हराएका हुन् । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार केही क्षेत्रबाट दुबो हराएका हुन् । दुबो हराउन थालेपछि महानगरपालिकाले सशस्त्र प्रहरीलाई सुरक्षा तथा रेखदेखका लागि अनुरोध गरेको छ ।

यसअनुसार अहिले सशस्त्र प्रहरीले दुबो रोपिएका क्षेत्रमा रेखदेख गरिरहेको श्रष्ठले बताए ।सिनामंगलस्थित सशस्त्र प्रहरीको विपद् उद्धार गणका सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । गणका जुनियर अधिकृतको नेतृत्वमा दुई दर्जनबढी सुरक्षाकर्मीले पहरा दिएका छन् ।

चिनियाँ राष्ट्रपति आउँदा तीनकुने पार्कमा तीनतर्फ डिल बनाएर त्यसमाथि फूल, विरुवा र दुबो रोपिएको थियो ।दुबो र विरुवालाई मर्न नदिन दैनिक दुई पटक विहान र बेलुका पानी हाल्ने गरिएको महानगरपालिकाले जनाएको छ । अब तीनकुने पार्कभित्र पनि व्यवस्थित पार्क बनाउने योजना महानगरको छ ।

सम्बन्धित समाचार