साबित्रा घिमिरे प्रथम मिस धनकुटा २०१९ को ताज लाउन सफल



धनकुटा । महिलाकाे प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ ‘मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट’ प्रालि काठमाडौंको आयोजनामा धनकुटामा सम्पन्न मिस धनकुटा–२०१९ मा धनकुटाका २७ जना युवती प्रतिस्पर्धीहरुलाई पछि पार्दै पाख्रिबास ३ की साबित्रा घिमिरे(रोजा नानु) प्रथम मिस धनकुटा २०१९ को ताज लाउन सफल भएकी छिन् ।

घिमिरे हाल जालपादेवी क्याम्पस पाख्रिबासमा स्नातक चाैथाे बर्षमा अध्यनरत रहनुका साथै यसै क्याम्पसको स्ववियु सभापति समेत रहेकी छन् । प्रतियोगितामा घिमिरेको प्रतियाेगी अंक २४ रहेको थियो ।

उक्त ताज संगै साबित्राले स्कुटरसहित १० लाखको जीवन वीमा, एयर होस्टेज तालिम, थाईल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने भएका छन् ।

त्यस्तै फस्ट रनरअप सोनी कार्कीले नगद ४० हजारसहित पाँच लाखको जीवन बीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्न पाउने भएका छन् भने सेकेण्ड रनरअप निरुता सुब्बाले नगद २० हजारसहित एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्न पाउने भएका छन् ।

हिजो साँझ धनकुटा–७ स्थित त्रिवेणी स्कूलको प्राङ्गणमा संचालित कार्यक्रमलाई प्रस्तोता रिमा विश्वकर्माले संचालन गरेका थियो भने निर्णायकमा महानायक राजेश हमाल, नायक तथा गायक बाबु बोगटी, मिस नेपाल उषा खड्गी, नायिका रिचा शर्मा लगायतका रहेका थिए ।

सम्बन्धित समाचार