शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर,धर्मगुरु लामालाई ७ बर्ष कैद, ३० लाख जरिवाना



काठमाडौं । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ बर्ष कैद र ३० लाख रुपैंयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ ।

दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योन्जन टुल्कु लामा भनिने ज्ञान बहादुर लामालाई डर, त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

सम्बन्धित समाचार