धनकुटामा उत्पादित सरिफाले पाउन थाले उचित मूल्य



धनकुटा ।धनकुटा बजारको आसपासमा मात्र उत्पादन हुने सरिफा जिल्ला बाहिर निकासी हुन थालेपछि कृषकहरुले उचित मूल्य पाउन थालेका छन् ।

धनकुटा नगरपालिकाको ७ र ८ मात्र प्रायः बढी मात्रामा उत्पादन हुने सरिफा स्थानीय बजारमा मात्र खपत हुँदै आएको थियो । तर यस वर्ष भने धनकुटा बाहिर धरान, पोखरा, नारायणघाट, काठमाण्डौलगायतका ठूला शहरहरुम कृषकहरुले उत्पादन गरेको सरिफा निकासी भएपछि कृषकहरुले उचित मूल्य पाएका छन् ।

धनकुटा नगरपालिका–७ र ८ नम्बर वडाका आठपहरिया बस्तीहरुमा उत्पादन हुँदै आएको सरिफा उनीहरुले परम्परागत रुपमा नै खेती गर्दै आएका छन् । उनीहरुले बर्षौदेखि सरिफा उत्पादन गर्दै आएको भए पनि स्थानीय हाटबजारमा मात्रै बिक्री गर्दै आएका थिए । तर यस वर्ष धनकुटा नगरपालिका–४ लाँकुरेका व्यावसायिक कृषक जितेन्द्र आठपहरियाले बोटमा नै ४० देखि ६० रुपयाँ प्रति केजीका दरले खरिद गरी दिएपछि सरिफा कृृषकहरुले उचित मूल्य पाएका हुन् ।

सरिफा धनकुटा नगरपालिकाको वडा नम्बर ७ को चुवाबुङ र फोङ्सुवामा बढी मात्रामा उत्पादन हुँदै आएको छ भने वडा नम्बर ८ का टेकुनाला, याक्चना, याक्ते, सान्ताङ, खाम्बेला, सम्झना टोल, लुकुवा, डाँडाटोल, याखाटोललगायतका स्थानहरुमा बढी मात्रामा उत्पादन हुदै आएको वडा नम्बर ८ का वडाध्यक्ष सुमन आठपहरिया (राई) ले बताउनुभयो ।

सम्बन्धित समाचार