न्यायका लागी पहल गरिदिन ९ महिनाकी गर्भवती कंचनको आग्रह



सप्तरी ।आमा बुवाले नै पतिमाथि अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा दिएपछि ९ महिनाकी गर्भवती कंचन मिश्रा तनावमा परेकी छिन् । आफु र पति राजविराज १ निवासी रोक्की झा आमाबुवाकै आक्रमक व्यवहारका कारण असुरक्षित भएको भन्दै उनले बिहिबार संचारकर्मीहरुलाई सहयोग र न्यायका लागी पहल गरिदिन आग्रह गरेकी छिन् ।

उनी २०७५ साल माघ २ गते विरगंजबाट भागी राजविराज १ निवासी झासँग मन्दिरमा विवाह गरेकी थिईन् । विरगंज उपमहानगरपालिका ७ निवासी कंचन १ वर्ष देखि गर्दै आएको आफनो प्रेमलाई अभिभावकले अस्वीकार गरेपछि भागेर हिन्दु विधिअनुसार विराटनगर स्थित राधा कृष्ण मन्दिरमा भगवानलाई साक्षीराखेर राजविराज १ निवासी झा सँग विहे गरेका थिए ।

कंचनको उमेर १९ वर्ष छ । यस्तै रोक्कीको उमेर २४ वर्ष पुगेको छ । तर आफु भन्दा तल्लो जातको केटा सँग छोरीले विवाह गरेको भन्दै बुवा मनोज मिश्रा र आमा सावित्रीले उमेर नपुगेको छोरीलाई रोक्की र उनका बुवा अमरकान्त झाले अपहरण गरेर लगेको भन्दै प्रहरीमा जाहेरी दिएपछि दुवै पक्षका अभिभावक विच तनाव र द्वन्द बढेको हो ।

छोरी भगाउने रोक्कीलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरिरहेको भन्दै कंचनकी आमा सावित्रीले बन्दी प्रत्यक्षिकरण मुद्दा लिएर सर्वोच्च अदालत पुगेपछि केटा र केटी पक्षविचको द्वन्द झन चर्किएको हो । रोक्की अध्ययनको शिलशिलामा ३ वर्ष अघि विरगंज पुगेका थिए । विरगंज स्थित श्री ठाकुर राम बहुमुखी क्याम्पसमा अध्ययनरत उनको सोही ठाउँ स्थित अनुभुति एजुकेशनल फाउन्डेशनमा कक्षा ६ पढदै गरेकी कंचन सँग प्रेम भएको थियो ।

प्रेम गहिरिदै गएपछि रोक्कीबाट कंचनका अभिभावक समक्ष राखिएको विवाहको प्रस्ताव अस्वीकार मात्र होईन, उनीमाथि कुटपिट समेत गरिएपछि दुवै जना भागेर मन्दिरमा विहे गरेका हुन । भागेको करिब डेढ महिना पछि फागुन १७ गते प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतकै निवासमा दुवै पक्षलाई राखि गरिएको पंचायतीमा सहमतिको प्रयास गरिएको थियो तर कंचनद्वारा आफु पति सँगै बस्ने अडान र केटी पक्षले जबरदस्ती छुटयाएर लैजाने राखेको अडानका कारण सहमति हुन सकेन ।

पंचायतीमा अधिकांशले प्रेम विवाह गरिसकेकाको जोडीलाई छुटयाउन नहुने तर्क दिएका थिए । तर केटी पक्षले नमानेपछि पंचायती बिना निष्कर्ष टुगिदै दुवै पक्ष आ–आफनो गनतव्य तर्फ लागेका थिए । रोक्कीका बुवा अमरकान्त झाले केटीका आफन्तलाई विभेदको मानसिकता तथा जुंगाको लडाई त्यागेर विहेलाई मन्जुरी दिन पटक पटक अनुनय बिनय गरेपनि उल्टै, तलाई बर्बाद पारी दिन्छु भन्दै धम्कयाउने गरेको सुनाए ।

कंचनले आफुलाई कसैले अपहरण वा बन्धकमा पारेर नराखेको भन्दै मन परेको केटासँग विवाह गर्दा आमा बुवाबाट नै असुरक्षित हुनुपर्दा निकै तनाव महसुस गरेको सुनाईन । आमाबुवाको आक्रमक व्यवहारका कारण आफु गर्भवती अवस्थामा पनि लुकि लुकि स्थान परिवर्तन गर्दै बस्न बाध्य भएको पिडा सुनाउदै उनले सुरक्षित बातावरणका साथ पतिको घरमा बस्ने बातावरण मिलाई दिन पहलका लागी आग्रह गरिन ।

उनले पतिको घरमा दिनपिछै प्रहरी र आमा बुवाले पैसा दिएर खटाएको मान्छेहरु आई आफुहरुलाई खोज्दै आउने गरेकाले डरले घर जान नसकेको सुनाईन । चिकित्सकले आफुलाई कार्तिक ४ गते सुत्केरी हुने मिति दिएको र उक्त दिन नजिकिदै जाँदा माईती पक्षबाट मानसिक यातना, धम्की र विभिन्न कानूनी जटिलताहरु थपिदै गएको दुखेसो पोखिन ।

रोक्कीले श्रमिती गर्भवती भएको अवस्थामा पनि माईती पक्षबाट सहयोग र सदभावको सट्टा प्रहरी, लठैत र कानूनको त्रास देखाई तर्साउने र मानसिक यातना दिने काम भईरहेकाले आफुहरुको जिवन असुरक्षित भएको बताए । यसरी भागेर विवाह गरेका जोडि मध्ये अधिकांश घटनामा असन्तुष्ट पक्षका अभिभावकद्वारा अपहरण तथा जबरदस्ती करणीमा निवेदन दिने गरेको पाइएको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार