चोरी गर्ने एक नाबालक र चोरीको सामान लुकाउन सघाउने आमा पक्राउ



सप्तरी। सप्तरीको आधा दर्जन वढी स्थानमा चोरी गर्ने एक नाबालक तथा चोरीको सामान लुकाउन सघाउने उनको आमालाई पक्राउ गरि प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । अघिल्लो दिन चोरीको सामानसहित पक्राउ परेका महदेवा गाउँपालिका १ घर भई हाल राजविराज नगरपालिका ८ मा भाडाको कोठा लिई बस्दै आएका १६ वर्षिय राजेन्द्र (नाम परिवर्तन) तथा उनकी ४० वर्षिया आमा सरितादेवी सरदारलाई प्रहरीले सार्वजनिक गरेको हो ।

बजार क्षेत्रमा चोरी गर्ने उद्देश्यले नै भाडाको कोठा लिई आमा छोरा बस्दै आएको तथा छोराले चोरी गरि ल्याएका सामानलाई आमाले लुकाएर सघाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ । आमा छोरा बस्ने डेराबाटै प्रहरीले जिल्लाका विभिन्न आठ स्थानबाट चोरी गरि लुकाई राखिएको अवस्थामा मोबाइल दुई थान, मेमोरि दुई थान, हेडफोन दुई थान, चार्जर पाँच थान, ताला खोल्न प्रयोग गरिने चाबी (साँचो) को झुप्पा तथा फाईटर र टेस्टर लगायतका सामाग्रि बरामद गरेको छ ।

चोरी भएको एक घरमा सुरक्षाका लागि जडान गरिएको सिसि क्यामरामा चोरी गर्दै गरेको मानिसको फुटेज कैद भएपछि त्यसको सुक्ष्म अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित चोर पक्राउ गर्न सुफलता मिलेको डिएसपी तिलक भारतीले बताए । बुधाबार पक्राउ परेका आमा छोरा दुबैलाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपी प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित समाचार