निबर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन वित्दा पनि वयान सुरु भएन



काठमाडौं । निबर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन वित्दा पनि वयान लिन सुरु गरिएको छैन ।स्वास्थ्यमा समस्या देखिएपछि गत विहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आइरहेका छन् ।

स्वास्थ्य अवस्था ठिक नभएको र बाहिर लैजान नमिल्ने बताएपछि प्रहरीले उनीसँग घट्नाको बारेमा बयान लिन सकेको छैन् ।उक्त रक्तचापको समस्य देखिएपछि उनलाई आठदिन अघि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएको अस्पताल स्रोतको भनाइ छ ।प्रहरीले गत मंगलबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरे पनि स्वास्थ्य अवस्था ठिक नभएकाले बयान टर्दै आएको हो ।

सम्बन्धित समाचार