दिदीमाथि भाइले गरे खुकुरी प्रहार



सुनसरी । सुनसरीको इटहरीमा दिदीमाथि आफ्नै भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् । सुनसरीको इटहरी– १९ २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । अहिले प्रहरी घटनास्थल पुगिसकेको छ ।

घाइते दुबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् । खुकुरी प्रहार गरिएकी दिदी र आफ्नो समेत घाँटी रेट्ने उदिप दुबैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

उदिप मानसिक रोगी रहेको स्थानीयले जानकारी दिएका छन् । घर आँगनमा हाँस्दै बसिरहेका उदिपले एक्कासी दिदीमाथि खुकुरी हानेका थिए । दिदीलाई खुकुरी हानेपछि घरको बरण्डामा चढेका उनले त्यसपछि आफ्नो समेत घाँटी रेटेको परिवारजनले जनाएका छन् ।

सम्बन्धित समाचार