माछा मानेक्रममा गोही फेला



सप्तरी । सार्वजनिक पोखरीमा माछा मानेक्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ ।  हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ/सात किलोको गोही भट्टाएका हुन्।  गोही जालमा परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले गोही समातेर जिल्ला वन डिभिजन कार्यालयलाई बुझाएको छ।

सम्बन्धित समाचार