भिरबाट लडेर १ जना बिदेशी नागरीकको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-५ कोङ्दे स्थित भिरबाट लडेर १ जना बिदेशी नागरीकको मृत्यु भएको छ । पोल्याण्डबाट नेपाल भ्रमणमा आएकी २६ बर्षिय पेसिता मेलिना नाम गरेकी महिलाको आज दिउँसो १ बजेको समयमा भिर बाट लड्दा घटनास्थलमा नै मृत्यु भएको छ । घटनाबारे जानकारी पाएको ईलाका प्रहरी कार्यालय नाम्चेको प्रहरी टोलिले बाटोबाट अंदाजि २०० मिटर तल रहेको शवलाई उद्धार गरी लुक्ला तर्फ लैजाने कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित समाचार