२२ बर्षीय मिलन कार्कीको ट्याक्टरबाट लडेर मृत्यु



मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिका-६ भण्डारी चोकका २२ बर्षीय मिलन कार्कीको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । आज बिहान पौने ९ बजेको समयमा मधुमल्ला दमक भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त १३२९ नम्बरको ट्याक्टरमा सवार रहेका कार्की ट्याक्टरबाट लडी ट्याक्टरको पछाडीको चक्काले किच्दा घाईतेको भएका थिए । घाईतेलाई उपचारको लागि झापा दमकको लाईफ लाईन अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव परिक्षणको लागि आम्दा अस्पताल पठाईएको छ भने ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार