माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु



पाल्पा। माटोको ढिस्कोले पुरिएर शुक्रबार एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनाशकाली गाउँपालिका-१ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। उनी तानसेन नगरपालिका -४ विशालबजारका रोहित कुमार रामदामको नयाँ घर बनाउँदै गर्ने क्रममा शुक्रबार दिउँसो सवा ३ बजे पुरिएका थिए।

कुमालको  नेपाली सेना, प्रहरी र स्थानीयले उद्दार गरेका थिए। पिलरको जगमा गाह्रो लगाउँदै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को झरेको थियो। उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार