एसिड प्रहार गरी शख्त घाइते बनाउने दुई युवा बालसुधार गृह चलान



पर्सा ।पर्सा जिल्ला अदालतको आदेशबमोजिम एसिड आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवा पुर्पक्षका लागि बालसुधार गृह चलान भएका छन्। जिल्ला अदालत पर्सामा एसिड आक्रमण गर्ने अभियुक्तसहित प्रहरीले मिसिल पेश गरेलगत्तै भएको थुनछेक बहसपछि दुवै युवा पुर्पक्षका लागि वीरगन्जस्थित बालसुधार गृहमा चलान भएका हुन्।

अदालतमा पेश गरेको मिसिलमा दुवै अभियुक्तको उमेर १८ वर्ष नकटेको देखिएपछि कारागारमा नभई बालसुधार गृहमा राख्न आदेश भएको पर्सा जिल्ला अदालतले जनाएको छ। बालसुधार गृहमा चलान भएका युवाहरुमा वीरगन्ज २ छपकैयाका सम्साद मिया र मजिद आलम रहेको पर्सा जिल्ला अदालतका श्रेष्तेदार कृष्ण प्रसाद अधिकारीले बताए।

पर्सा जिल्ला अदालतको २०७६ ‘सी’ ११४ नम्बरको मुद्दा जिल्ला अदालतका एक नम्बर जिल्ला न्यायधीश प्रकाश खरेलको इजलासमा बहस भएको थियो। बहस पछि फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिम उनकै आदेशबमोजिम पुर्पक्षका लागि बालसुधार गृहमा पठाइएको श्रेस्तेदार अधिकारीको भनाइ छ।

सम्बन्धित समाचार