फौजी किराको संक्रमण धान बालीमा पनि देखिएपछि उदयपुरमा किसान चिन्तित



उदयपुर। सुरुमा मकै बालीमा देखिएको फौजी किराको संक्रमण धान बालीमा पनि देखिएपछि उदयपुरमा किसान चिन्तित बनेका छन्। पहाडी क्षेत्रमा मकै बालीमा देखा परेको फौजी किरा अहिले पाक्न लागेको धानमा बालीमा देखा परेपछि किसान चिन्तित बनेका हुन्। धानको फेदको केही माथिल्लो भागमा गोवार लागे जसरी किरा बसेर धानको बोट मार्न सक्ने किराले धानबाली नष्ट भएको त्रियुगा नगरपालिका ११ शिव दाहाल बताउँछन।

‘पाक्न लागेको धान बालीमा एका एक फौजी नामक किरा देखापर्‍यो,’ उनले भने, ‘धान राम्रारी नपाक्दै काटेर घर ल्याउन बाध्य बनायो।’ पहाडी क्षेत्रको मकैमा देखा परेको फौजी किरा एका एक जिल्लाको भित्री मधेसमा  पर्ने धान खेतमा देखा परेको छ। फौजी किरानको आक्रमणले पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा ठूलो नोक्सानी किसानले बेहोर्नु दुखेसो गर्दै आएका छन।

फौजी किरा दिनभर धानको गाँजमा लुक्ने र राती एकसाथ फौजी शैलीमा धानबालीमा सक्रिय हुने गरेको उही किसान दाहालको भनाइ छ। फौजी शैलीमा किराले धानको बालामा आक्रमण गर्ने भएका कारण कृषि विज्ञान केन्द्रका निमित्त प्रमुख बासु ढुंगानाले बताए। किराले खानेभन्दा बढी काट्ने हँुदा खेतैभरि धान खसेको देखिन्छ। ‘किसानहरुले पाकिसकेको धान जोगाउन किसानले कृषि ज्ञान केन्द्र र स्थानीय तहसँग हारगुहार गरिरहेका छन्।’ उनले भने, ‘अहिले जिल्लाभरी किसानको धान खेतीमा फौजी किराको आतंक बढेको छ।’

सम्बन्धित समाचार