पाँच लाख बढीको बेवारिसे सामान बरामद



बैतडी।प्रहरीले बैतडीको तल्लोस्वराडबाट पाँच लाख बढीको बेवारिसे सामान बरामद गरेको छ। प्रहरीको गस्ती टोलीले शिवनाथ गाउँपालिका २ शर्मालीबाट पाँच लाख २५ हजार बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

१७ बोरा चिनी, मिश्री २८ बोरा, नरिवल २ पेटी, बिडी २ पेटी, पेठा मिठाई १९ टिन र  गुड पट्टी ३८ पेटी रहेका छन्। यसका साथै सलाई ७ पेटी, चाउमिन ९ पेटी, चियापत्ती २ झोला, तेल ८ पेटी र  कपडा १ बोरा बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

भन्सार छलि गरी ल्याइएको भनी सुराकीको आधारमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको समानलाई शुक्रबार आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट बुझाइएको छ।  तल्लोस्वराडमा महाकाली नदीमा किस्ती प्रयोग गरी अवैध समान भित्रिने गरेको बताइएको छ।

सम्बन्धित समाचार