करेन्ट लागेर एक जनाको मृत्यु



दाङ। दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुरमा उपमहानगरपालिका १० पड्डा निबासी ४७ वर्षीय टिकाराम भण्डारीको करेन्ट लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। आफ्नै घरमा कुवाबाट पानी तान्ने मोटर चलाउने क्रममा भण्डारीलाई शनिबार विहान १० वजेतिर करेन्ट लागेको प्रहरीको भनाई छ। करेन्ट लागेर गम्भीर घाइते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार