इनरुवा अस्पतालमा भेटियो दारुका बोतल



सुनसरी । इनरुवा अस्पतालमा स्थानीयले छेडेको सफाई अभियानले आज तेस्रो दिन समेत निरन्तरता पाएको छ । स्थानीय युवासहितका सामाजिक अभियान्ताहरुले थालेको अस्पताल सफाई अभियानमा अन्यको सहभागिता समेत बढ्न थालेको छ ।

अस्पताल प्रशासनकोे बेवास्तका कारण थुप्रिएको फोहोेर स्थानीयले उठाएपछि यतिबेला इनरुवा अस्पतालमा सुद्धिकरण र सफाई अभियान छेडिएको छ ।

सुरक्षाकर्मी सहितको उपस्थितिमा अस्पताल परिषरको फोहोर संकलन गरि व्यवस्थापन गरिएको छ । अस्पताल परिषरबाट ठूलो संख्यामा मदिराका बोतलहरु समेत फेला पारिएको छ ।

राजनैतिक खिचातानी र अस्वस्थ प्रतिष्पर्धाका कारण ग्रसित इनरुवा अस्पताल लामो समययता आलोचित बन्दै आएको छ । अस्पताल प्रमुखको बेवास्तासँगैको लाचारीपना र व्यवस्थापन समितिको गैरजिम्मेबारी औल्याउने स्थानीयहरु अस्पताल भित्र मौलाएको राजनैतिक जालो नतोडिएसम्म सुधार अभियानले सार्थकता पाउन नसक्ने बताउँछन् ।

सम्बन्धित समाचार