विज्ञ नहुँदा कानुन र बिधेयक बनाउन सकिएन : मुख्यमन्त्रि राई



धनकुटा। प्रदेश नम्वर एकका मुख्यमन्त्री शेरधन राईले विज्ञहरुको अभावका कारण प्रदेश सभाले अत्यावश्यक कानुन र बिधेयकका बनाउन नसकिएको बताएका छन् ।

धनकुटामा आज आयोजित कार्यक्रममा बोल्दै मुख्य मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले भने विज्ञ जनशक्तिको अभावले अनभिज्ञता र हतारमा बनाइएका अष्पस्ट र द्विअर्थी कानुनका कारण तीनतहका सरकारबीच पनि प्रभावकारि सहकार्य र समन्वय हुन नसकेको बताउदै कानुनका धेरै कुराको ड्राफ्ट समेत तयार गर्न नसकेको बताएका हुन् ।

प्रदेश नम्वर एकको न्याय प्रशासन तथा विधायन समितिले कानुन निर्माण र कार्यान्वयनका सम्बन्धमा धनकुटामा आयोजना गरेको छलफल कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरि र मोरङ जिल्लाका स्थानीयतहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो हालसम्म एकनम्वर प्रदेश सभाले ४३ कानुन निर्माण गरि पारित गरिसकेको छ ।

सम्बन्धित समाचार