इटहरीमा धुलोको कारण हिडिनसक्नु भएको भन्दै स्थानीयले हाईवे अवरोध गरे



इटहरी । इटहरीको मुख्य चौकमा धुलोको कारण हिडिनसक्नु भएको भन्दै स्थानीयले हाईवे अवरोध गरेका छन । इटहरी स्थित विराटनगर लाईनमा इटहरीबासीले ढाट लगाएर सरकारको विरोध गरेका हुन । इटहरीमा धुलोको कारण हिड्न समस्या हुदा समेत सम्बन्धीत पक्षले वेवस्ता गरेको भन्दै केहि बेर मुख्य हाईवेनै अवरोध भएको थियो । उनीहरुले सडकको अवस्था दयानिय बन्दा पनि सरकारले वेवस्ता गरेको भन्दै चक्काजाम स्थानीय भेला भएका थिए ।

६ लेन सडक निर्माण भइरहेको सडक अति व्यस्त उक्त सडकमा खाल्डाखुल्डी र धुलोले समस्या बनाएको कारण आफुहरु सडकमा आउनु परेको स्थानीयले बताएका छन । विराटनगरदेखि इटहरीसम्म दुवैपट्टि ढल निर्माणले पनि सडक धुलाम्य बनेको छ ।

प्रदेश मन्त्रालयदेखि इटहरीको मुख्य चौक हुँदै दैनिक आवत–जावत गर्छन् । त्यो सडकमा धुलोले हैरान पार्छ । केही ठाउँमा निर्माण सामग्री अव्यवस्थित तरिकाले फालिएको छ । इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर रमेश बस्नेतले भने मुख्य हाईवेयमा ढाट लगएर सडक अवरुद्ध गरेको कारण ढाट प्रहरीले हटाएको बताए ।

सम्बन्धित समाचार