षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या



भोजपुर । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका –१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नम्वर –३ बस्ने २८ वर्षिया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिवार साँझ षडानन्द नगरपालिकाको वडा नम्वर २ र ३ को सिमानामा पर्ने उपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीको भनाइ छ ।

खेल हेरेर घर फर्कदै  गरेका कल्पना राई र घाईते १८ बर्षिया नविना राई माथि धारिलो हतियार प्रयोग भएको हो । मृतक कल्पनाको शरिरको विभिन्न भागमा चोट लागेर घट्नास्थलमै मृत्यु भएको थियो भने घाईते नविनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घट्नामा संग्लग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षिय प्रदिप बस्नेतलाई आज बिहान प्रहरीले प्रक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार