गौहत्यामा संग्लन रहेको आरोपमा दुईजना नाबालकसहित तीनजना पक्राउ



धनगढी।धनगढी उप–महानगरपालिका वडा नम्वर १४ फूलवारीमा गौहत्यामा संग्लन रहेको आरोपमा दुईजना नाबालकसहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले वडा नम्वर १४ कै ४२ बर्षीय अशोक तामाङ र अन्य दुई जना नाबालक पक्राउ गरेको हो। उनीहरुले स्थानीय  गीता चौलागाईको गोठमा बाँधेर राखेको गाई राति चोरेर जंगलमा लगेर हत्या गरेका आरोप लगाइएको छ।

प्रहरीले उनीहरुमाथि अनुसन्धानका लागि अदालतमा म्याद थप हुनेसमेत प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। उनीहरुविरुद्ध गौहत्यामा मुद्धा दर्ता हुने जनाइएको छ। राति गोठमै बाँधेको गाई बिहान मासु निकालिएको अवस्थामा स्थानीयले जनकल्याण सामुदायिक वनमा  भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा  गाईको हड्डी, टाउको र छाला मात्र भेटिएको थियो।

सम्बन्धित समाचार