मालपोत कार्यालयबाट घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी नियन्त्रणमा



पोखरा । पोखराको लेखनाथस्थित मालपोत कार्यालयबाट घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायीलाई अख्तियारले नियन्त्रणमा लिएको छ। एक सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिनदेखि आनाकानी गरिरहेका खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरी भट्टराईले नामसारी गरिदिने भन्दै १२ हजार रुपैयाँ घुस लिँदैगर्दा नियन्त्रणमा लिइएको हो।

‘एक सेवाग्राहीको मृतक आमाको नामबाट छोराको नाममा जग्गा नामसारी गर्न २ दिनदेखि आनकानी गरिरहेका रहेछन्,’ अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले थाहाखबरसँग भने, ‘आज साँढे चारबजे अख्तियारको टोलीले घुससहित रंगेहात पक्राउ गर्‍यो।’ पक्राउ परेका मालपोतका कर्मचारी र लेखापढी व्यवसायीलाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयमा राखिएको छ।

सम्बन्धित समाचार