पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृतावस्थामा फेला



राजविराज ।सप्तरीको कञ्चनरुप नगरपालिका-८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन ।

मृत्यु हुनेमा कञ्चनरुप-४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

पोखरीमा नुहाउन जाँदा पोखरीभित्रै ती बालिका बेपत्ता भएकी थिइन । प्रहरी र स्थानीयवासीको खोजी गर्ने क्रममा उनी मृत फेला परेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

सम्बन्धित समाचार