नेपालीलाई अ’पहरणशैलीमा भारत लग्यो



कपिलवस्तु । भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अ’पहरणशैलीमा भारत लगेको छ।

जिल्लानको मायादेबी गाउँपालिका १ पकडी चौराहाबाट आधा दर्जनको संख्यामा रहेको सिबिआईको टोलीले गाउँपालिका ४ का ४० बर्षे रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पियो गाडीमा हा’लेर लगेको प्रत्यक्षदर्शीले बताए। ‘रमजान चौराहाबा बसका थिए, भारतीय सु’रक्षाकर्मी आएर रमजानलाई गाडीमा बसालेर लगे’, पकडीका एक प्रत्यक्षदर्शीले भने।

भारतीय सु’रक्षाकर्मीले त्यसबेला ह’तियारसमेत देखाएका थिए। रमजानलाई लवनीको बाटो हुँदै हथिहवा दोहनीबाट भारतीय बजार भगवानपुरतर्फ लगिएको थियो। रमजानलाई के का’रणले लगिएको हो भन्ने खुलेको छैन।

सम्बन्धित समाचार